काठमाडौं, कात्तिक २६ । चर्चित कलाकार ज्योती मगरले प्रचण्डले जेनजीमाथि गम्भीर घात गरेको ठोकवा गर्नुभएको छ । जेनजीलाई भेडाको बथान जसरी जस्ले जे भन्यो उसैको पछाडि दौडिन बन्द गर्न सुझाउँदै कलाकार मगरले प्रचण्डको षडयन्त्रदेखि जोगिनसमेत सुझाउनु भएको छ ।
‘कमरेड प्रचण्डले १० बर्षे जनयुद्धमा दलित, जनजाती र सर्वहारा बर्गको काँधमा बन्दुक राख्नुभयो अहिले जेन्जीको काँधमा बम राखेर देश जलाउनु भो… जेन्जीहरुलाई अनुरोध एकपटक इतिहास अध्यन गर्नुस,’ प्रचण्डको खतरनाक शैली चित्रण गर्दै ज्योतीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ । उहाँले प्रचण्ड जस्तो बदमास अरु नभएको भन्दै अव भ्रममा नपर्न र इतिहास अध्ययन गर्न पनि सुझाउनु भएको छ ।
ज्योती मगरको सुझाव जस्ताको तस्तै
कमरेड प्रचण्डले १० बर्षे जनयुद्धमा दलित, जनजाती र सर्वहारा बर्गको काँधमा बन्दुक राख्नुभयो अहिले जेन्जीको काँधमा बम राखेर देश जलाउनु भो… जेन्जीहरुलाई अनुरोध एकपटक इतिहास अध्यन गर्नुस । देशको परिस्थिति बुझ्नुस, राष्ट्रिय अन्तराष्ट्रिय संयन्त्रको बारेमा जाँच गर्नुस अनि बल्ल लिडर छान्नुस…
जोले जे भन्यो, उसको पछाडि भेडाको बथान जसरी दौडिन बन्द गर्नुस… शासन र सत्ताको लागि होइन, राष्ट्रको लागि अब को राजनिती… दल पुरानो या नयाँ ? नेता पुरानो या नया होइन ,नियत सफा कि फोहोर त्यो हेरौं..













प्रतिक्रिया दिनुहोस्