जनता टाइम्स

२७ कार्तिक २०८२, बिहीबार ०९:०८

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल हुनेछ ।