दाङ, कात्तिक २७ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने प्रयासलाई ‘राजनीतिक अपराध’ को संज्ञा दिनुभएको छ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा तुलसीपुरको दाङमा आयोजित युवा जागरण अभियानलाई बिहीबार सम्बोधन गर्दै उहाँले विदेशी शक्तिको योजनाअनुसार एमालेभित्रका केही नेताहरूले ओलीको नेतृत्वविरुद्ध षड्यन्त्र गर्न खोजेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘अहिले पार्टीभित्रबाटै केपी ओलीको विकल्प खोज्न थालिएको छ, यो राजनीतिक अपराध हो, यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो।’
बस्नेतले एमालेको एकता र संगठनात्मक स्थायित्वका लागि ओलीकै निरन्तर नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी महाधिवेशनमा पुनः ओलीलाई अध्यक्ष बनाएर देखाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले पार्टीभित्र नेतृत्वविरुद्धको असन्तुष्टि र विवादलाई विदेशी हस्तक्षेपको परिणामका रूपमा व्याख्या गर्दै एमाले नेतृत्वमाथि विश्वास राख्न कार्यकर्तालाई आग्रह गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्