काठमाडौं, कात्तिक २८ । प्रधानमन्त्री सुशिला कार्कीसहित आठ मन्त्रीले सम्पत्ति बिवरण बुझाउनु भएको छ । प्रधानमन्त्री कार्कीले ६० दिनभित्र बुझाउनु पर्ने सम्पत्ति बिवरण नबुझाएको भन्दै कडा आलोचना भएपछि शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाउनु भएको हो ।
कार्की मन्त्रिपरिषदका अन्य सात मन्त्रीले पनि सम्पत्ति बिवरण बुझाएका छन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री डाक्टर सुधा गौतमले भने अझै सम्पत्ति बिवरण बुझाउनु भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषलको सचिवालयले दुई मन्त्रीको बिवरण आउन बाँकी रहेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा राखिएको विवरणअनुसार कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित आठ जनाले सम्पत्ति विवरण बुझाएको उल्लेख छ ।
प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महाबीर पुन, कृषिमन्त्री डा.मदनप्रसाद परियार र युवामन्त्री बब्लु गुप्ताले सम्पत्ति बिवरण बुझाउनु भएको हो ।
सरकारी पदमा नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । प्रधानमन्त्री कार्कीसहित केही मन्त्रीले नै सो ब्यवस्था उल्लंघन गरेका हुन ।













प्रतिक्रिया दिनुहोस्