काठमाडौं, कात्तिक २९ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।
शुक्रवार बसेको गृह मन्त्रालय बढुवा समितिको बसेको बैठकले जनपदतर्फका डीआईजी कार्कीलाई एआईजी पदमा बढुवाका लागि सिफारिश गर्ने निर्णय गरेको हो । डिआइजी कार्की हाल कोशी प्रदेश कार्यालय विराटनगरको नेतृत्व गरिरहनुभएको छ ।

डीआईजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक (आइजीप) दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
आइजीपी दानबहादुरले कात्तिक २८ गतेबाट प्रहरीको नेतृत्व सम्हाल्नुभएको थियो । उहाँले प्रहरीको कमाण्ड सम्हालेपछिको यो पहिलो बढुवा निर्णय हो ।













प्रतिक्रिया दिनुहोस्