जनकपुर, कात्तिक २९ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको खुलासा गर्नुभएको छ ।
शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री यादवले यस्तो खुलासा गर्नुभएको हो । उहाँले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताउनु भयो । मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि जानकारी दिनुभएको छ ।
‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्यो । सीमित कार्यक्रमहरू राख्नुपर्यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने ?,’ मुख्यमन्त्री यादवले भन्नुभयो ।
मुख्यमन्त्री यादवले आफू सुरक्षित नभए अन्य दलका संसादहरूलाई पनि सुरक्षा चुनौती हुने चेतावनीसमेत दिनुभएको छ । ‘सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ ? जनताबाट त हुँदैन । आन्दोनलकारीबाटै हुन्छ,’ मुख्यमन्त्री यावदले भन्नुभयो, ‘म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन । म नै सुरक्षित छैन भने अन्य दलका माननीयहरू कसरी सुरक्षित हुन सक्छन ?’













प्रतिक्रिया दिनुहोस्