काठमाडौं, मंसिर १ । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताउनुभएकाे छ । आज राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका तर्फबाट आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
उहाँले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा आफ्ना १२ भाटभटेनी स्टोर पूर्ण रूपमा नष्ट भएको जानकारी दिनुभयाे । अरू धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयाे ।
अझै पनि आफूले हिम्मत नहारेको बताउँदै उहाँले अझै अघि बढ्ने अठोट व्यक्त गर्नुभयाे । भाटभटेनीमा दसैँतिहार र छठका निम्ति ‘स्टक’ गरिएका धेरै सामान आन्दोलनका क्रममा लुटिएको र जलाइएको उहाँले बताउनुभयाे ।
आफूमाथि धेरै युवाको जिम्मेवारी, बैँकको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड निकालेको उहाँले सुनाउनुभयाे । नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि त्यसको कारण रहेको उहाँले बताउनुभयाे ।
भाटभटेनीमाथि आक्रमण कुनै एउटा पार्टीको भवन बनाइदिने विषयले भएको उहाँले बताउनुभयाे । राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने आफ्नो इच्छाको विषय भएको उहाँले बताउनुभयाे ।
आफूले डा. भगवान कोइरालाको नेतृत्वमा निर्मित बाल अस्पताल बनाइदिएको, विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाएको पनि उहाँले बताउनुभयाे।













प्रतिक्रिया दिनुहोस्