जनता टाइम्स

१ मंसिर २०८२, सोमबार १६:१४

झापामा फरार २ जना थुनुवा पक्राउ


झापा । जेनजी आन्दोलनका क्रममा फरार भएका २ जना थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका २ जना  थुनुवा पक्राउ परेका हुन् । उनीहरू जेनजी आन्दोलनका क्रममा  गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध मुद्दामा थुनामा रहेर अनुसन्धान भइरहेका शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दाका ४० वर्षीय ननकिशोर साह फरार भएका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उनीहरूकै घरबाट पक्राउ गरी  पुनः हिरासतमा ल्याएको हो ।