रामेछाप, मंसिर १ । छैटौँ उमाकुण्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०८२ मंसिर १५, १६ र १७ गते हुने भएको छ
प्रतियोगिता कुभुकास्थलीस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन हुने भएको छ । उमाकुण्ड गाउँपालिका सभा हलमा बसेको तयारी बैठकमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धरेन्द्र भुजेल, शिक्षा शाखा अधिकृत ङावा शेर्पा, वडा नं. १ देखि ७ का वडा अध्यक्षहरू, उमाकुण्ड खेलकुद विकास समितिका संयोजक सुदीप सुनुवार तथा सातै वटा माध्यमिक विद्यालयका प्रमुख–प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।
बैठकले प्रतियोगिताको आयोजना, व्यवस्थापन, सुरक्षा, विद्यार्थी सहभागिता तथा संयोजनसम्बन्धी आवश्यक तयारीहरू अघि बढाउने निर्णय गरेको छ। गाउँपालिकाले विद्यालय स्तरका खेलकुद प्रतियोगितालाई बलियो बनाउँदै विद्यार्थीको शारीरिक, मानसिक र नेतृत्व कौशल विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ।













प्रतिक्रिया दिनुहोस्