जनता टाइम्स

२ मंसिर २०८२, मंगलवार १४:२७

एमाले संसदीय दलको बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु


काठमाडौं, मंसिर २। नेकपा (एमाले) को विघटित संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ।   विघटित संसदीय दलका नेता पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रतिनिधि सभा विघटनका विषयमा पार्टीले लिनुपर्ने औपचारिक धारणा, यसको संवैधानिक तथा कानुनी पक्ष, अदालतमा जाने–नजाने विषयका मुद्दामा केन्द्रीकृत भएर छलफल हुने बताइएको छ।

एमालेले संसद् विघटनलाई असंवैधानिक भन्दै देशभर जनपरिचालन कार्यक्रम चलाइरहेको छ। तर सो विषयमा अदालतमा रिट नदिएको भन्दै आलोचना बढेपछि पार्टीले स्पष्ट निष्कर्ष निकाल्न बैठक बोलाएको हो।

बैठकमा संसद् विघटनमाथि संवैधानिक परीक्षण गर्ने वा राजनीतिक रूपमा मात्र प्रतिवाद जारी राख्ने भन्नेबारे सांसदहरूबिच विस्तृत छलफल सुरु भएको छ । बैठकमा पार्टीका पदाधिकारी तथा विघटित प्रतिनिधि सभा सदस्यहरू सहभागी हुनुहुन्छ ।