काठमाडौं, मंसिर २ । नेकपा एमालेले जेन्जी आन्दोलनका क्रममा आगजनी भएको एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आठराईस्थित ईवा गाउँको जन्म घरबाट आज ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ औपचारिक रूपमा सुरु गरेको छ ।
ईवामा आयोजित विशेष समारोहमा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले अभियान शुभारम्भ गरिएको घोषणा गर्नुभयो ।कार्यक्रममा उहाँले ओलीको घरबाट सुरु भएको पुनर्निर्माण अभियान अब देशभर विस्तार गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाइने घोषणा गर्नुभयो ।
अभियानमार्फत आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरू क्रमिक रूपमा पुनर्निर्माण गरिने उहाँले जानकारी दिनुभयो । जनस्तरमा राष्ट्रिय एकता र सहअस्तित्वको सन्देश फैलाउन तथा युवालाई विकास–निर्माणमा सक्रिय बनाउन अभियान थालिएको उहाँले बताउनुभयो ।
ओलीको जलेको घर नेकपा (एमाले) तेह्रथुम, पालिका कमिटी तथा युवा संघ तेह्रथुमको संयोजनमा पुनर्निर्माण गरिने छ।














प्रतिक्रिया दिनुहोस्