जनता टाइम्स

४ मंसिर २०८२, बिहीबार २१:०१

एमाले सचिवालय बैठक : महाधिवेशनका लागि विभिन्न समिति गठन, संसद् पुनर्स्थापनाको औचित्यता अझ बढेको निष्कर्ष 


काठमाडौं, मंसिर ४ । नेकपा एमालेले संसद् पुनर्स्थापनाको औचित्यता अझ बढेको जनाएको छ ।

पार्टी सचिवालयको आज बसेको बैठकले देशमा बढेको अराजकता र सरकारको अकर्मण्यताको कारण एमालेले उठाउँदै आएको संसद् पुनर्स्थापनाको औचित्यता अझ बढ्दै गएको निष्कर्ष निकालेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आजको बैठकले पार्टीको मंसिर २७–२९ गते काठमाडौंमा ११ औँ महाधिवेशनको लागि विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ ।

महाधिवेशन प्रतिनिधि बनाउन यस अघिको बैठकले गरेको व्यवस्थामा सामान्य हेरफेर गरिएको पनि ज्ञवालीले जानकारी दिनुभयो ।

तोकिएका समिति तथा जिम्मेवारीहरू यस प्रकार छन् :

१ प्रतिनिधि व्यवस्थापन समिति

संयोजक- काशीनाथ अधिकारी

सचिव- माधव ढुंगेल

२ जनपरिचालन समिति

संयोजक- प्रदीप ज्ञवाली

सचिव- राजन भट्टराई

३ आवास व्यवस्थापन समिति

संयोजक- छविलाल विश्वकर्मा

सचिव- लालबाबु पण्डित

४ खाद्य व्यवस्थापन समिति

संयोजक- लेखाराज भट्ट

सचिव- भीष्म अधिकारी

५ यातायात व्यवस्थापन समिति

संयोजक- गोकर्ण विष्ट

सचिव- रचना खड्का

६अतिथि सत्कार समिति

संयोजक- रघुवीर महासेठ

सचिव- महेश बर्तौला

७ स्वयंसेवक परिचालन समिति

संयोजक- भानुभक्त ढकाल

सचिव- विनोद पाण्डे

८ प्रचार समिति

संयोजक- पद्मा अर्याल

सचिव- राजेन्द्र गौतम

९ मञ्च व्यवस्थापन समिति

संयोजक- विनोद श्रेष्ठ

सचिव- लोकबहादुर भण्डारी

१० स्वास्थ्य समिति

संयोजक- कृष्णगोपाल श्रेष्ठ

सचिव- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११ आर्थिक समिति

संयोजक- विष्णु रिमाल

सचिव- विना श्रेष्ठ