जनता टाइम्स

५ मंसिर २०८२, शुक्रबार १३:०८

युवाको प्रदर्शनमा महेश बस्नेतको घोषणा : अब जेनजीको नाममा जहाँ अवरोध, त्यहाँ प्रतिरोध हुन्छ


काठमाडौं,  मंसिर ५ । एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।

एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले प्रतिवाद गर्ने चेतावनी दिनुभएको हो । उहाँले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो।

‘जेनजीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ’ उहाँले भन्नुभयो,’ जेनजीहरूसँग हामी सम्पर्कमै छौं । तर उनीहरूका नाम र ब्यानर भजाएर अरु खालका तत्वहरू सक्रिय रहेको छन् ।’अध्यक्ष केपी शर्मा ओलीले आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्दैहुनुहुन्छ ।

नेता बस्नेतले पालिका, वडा र टोलटोलमा सुरक्षा दिनका लागि फोर्स बनाइने जानकारी दिनुभयो।‘हामी विभिन्त पेशागत संस्थासँग पनि सहकार्य गर्छौं,’  नेता बस्नेतले भन्नुभयो, ’अब राष्ट्रिय सम्पत्ति जलाउने तोडफोड गर्ने काम हुँदा हामी टुलुटुलु बसेर हेर्दैनौं ।’