Janata Times
२०८३, २ श्रावण शनिबार
  • मूख्य समाचार
  • शिक्षा / स्वास्थ्य
  • समाचार
  • विचार / ब्लग
  • अन्तर्वार्ता
  • सूचना-प्रबिधि
  • प्रदेश
  • अन्य
    • अर्थतन्त्र
    • फोटो फिचर
    • मनोरञ्जन
    • मोडल
    • खेलकुद
    • विश्व
    • प्रवास
    • विचित्र संसार
    • पत्रपत्रिका
२०८३, २ श्रावण शनिबार
Janata Times

  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • समाचार
  • विचार
  • अन्तर्वार्ता
  • प्रबिधि
  • प्रदेश
  • अन्य
  • अर्थतन्त्र
  • फोटो फिचर
  • मनोरञ्जन
  • मोडल
  • खेलकुद
  • विश्व
  • प्रवास
  • विचित्र संसार
  • पत्रपत्रिका

जनता टाइम्स

८ मंसिर २०८२, सोमबार १०:२०

देवीको ‘अदृश्य प्रतिमा’ बोकेर तीन घण्टाको यात्रासहित त्रिपुरासुन्दरी जात्रा सम्पन्न, बीसौँ हजार भक्तजनको सहभागिता


धादिङ । नेपालको एकीकरण इतिहास सम्झाउने गरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पुजापाठ गरेर आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीको मन्दिर आगिन्चोक, सल्यानबेसीतर्फ झरिएको थियो। मङ्सिर महिनामा लाग्ने यो जात्रा देवीलाई आफ्नो घरबाट माइतिमा न्वागी खान जाने परम्परा अनुसार विशेष साइत हेरेर आयोजना गरिएको हो।

यो जात्रा आफैमा शक्तिपीठ, लोकविश्वास, इतिहास र सांस्कृतिक अध्यात्मको अद्भुत संगम हो। नेपालभरिका अन्य मन्दिरभन्दा फरक यहाँ भक्तजनले देवीको मूर्ति प्रत्यक्ष देख्न पाउँदैनन्। देवीको प्रतिमा बोकेका मुख्य पुजारी (राना मगर थर) बाहेक कसैले पनि छुन नपाउने अनौठो र पवित्र परम्परा सदियौंदेखि कायम छ। देवीलाई मूलघरबाट माइतीघर झार्न झण्डै तीन घण्टाको अप्ठ्यारो ओह्रालोबाटो पार गर्दै पुजारीले पिठ्युँमा बोकेर लैजाने दृश्य नै मेलाको मुख्य आकर्षण हो।

जात्राको अवसरमा सांस्कृतिक उल्लासले सम्पूर्ण वातावरणलाई गुञ्जिएको थियो। देवीलाई बेसी झारिँदा पञ्चेबाजा, खडा–खुकुरी, अविरयात्रा, शंख–घण्टका ध्वनिसहित भक्तजनको जयजयकार र उत्साह चरममा पुगेको थियो। त्रिपुरासुन्दरी माईको मूर्ति नहेरी बाटोमै बसेर पूजा गर्ने चलनले देवीप्रतिको अटुट श्रद्धालाई जनाउँछ।

त्रिपुरासुन्दरीको उत्पत्ति हिन्दू ग्रन्थहरूमा वर्णित शक्तिपीठ कथासँग जोडिएको छ। किंवदन्ती अनुसार, सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’मा त्रिपुरासुन्दरी उत्पत्ति भएकी मानिन्छिन्। स्थानीय लोककथामा भनिएजस्तै, वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा आफू रहेको स्थान देखाइदिएपछि मात्र यो मन्दिरको स्थापना भएको हो।

यस जात्राको ऐतिहासिक महत्व पनि अपार छ। नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह नुवाकोट विजयको तयारी गर्दै सल्यानकोट पुगेका थिए। मान्यता छ, यहाँ उनलाई देवीले सपनामा बालिकाको रूपमा आई दुई हातले खड्ग प्रदान गरेकी थिइन्। यही ‘देवीको खड्ग’ उनको नुवाकोट र त्यसपछिको विजययात्राको लागि शुभ संकेत बनेको इतिहास छ।

धर्म र अध्यात्मको दृष्टिले हेर्दा, यस्ता पवित्र स्थलहरूमा पुग्दा मानिसमा सकारात्मक सोच, आत्मविश्वास र सामूहिक उर्जाको संचार हुने विश्वास गरिन्छ। त्रिपुरासुन्दरीको आराधना केवल विधि वा संस्कार मात्र होइन, एक सामूहिक विश्वास र आत्मिक शक्तिको स्रोत हो।

सल्यानकोटबाट सुरु भएको यो भक्तियात्रा बेसी पुग्दा बीसौँ हजारभन्दा बढी भक्तजनको सहभागीतामा विशाल जात्रामा परिणत भएको थियो। सोमबार बेसीमा न्वागी खाएपछि जात्रा सकिएको छ। गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जात्रा सफलतापूर्वक सम्पन्न भएकोमा स्थानीय बासिन्दा, भक्तजन र प्रशासनलाई धन्यवाद दिंदै भने, “सदियौंदेखि चलिँदै आएको यो पवित्र परम्पराले हाम्रो इतिहास, संस्कृति र सामूहिक अस्मितालाई जोगाउँदै आएको छ। यो जात्रा हामी सबैको लागि गौरवको विषय हो।”

         

 

प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

श्रीमतीको उपचारका कारण राजनीतिक गतिविधिबाट केही समय टाढा : ईश्वर पोखरेल

सरकारले जनविश्वास गुमायो, पाँच वर्ष टिक्दैन : कुलमान घिसिङ

भारी वर्षाको जोखिम : काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

सिंहदरबार अगाडि ‘घण्टी’ बजाउँदै निहारिका र बिनुको प्रदर्शन, गृहमन्त्रीसँग भेट नपाएको गुनासो

श्रम शोषणको आरोप लगाउँदै इन्टर्न चिकित्सकहरूको प्रदर्शन, कामको समय र तलब सुधारको माग

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा, प्रणाली सुधारका विभिन्न एजेन्डा अघि सार्दै प्रदर्शन

jantatimes

संबन्धित

श्रीमतीको उपचारका कारण राजनीतिक गतिविधिबाट केही समय टाढा : ईश्वर पोखरेल

काठमाडौं,  साउन  २ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नी श्रीमती मिरा

सरकारले जनविश्वास गुमायो, पाँच वर्ष टिक्दैन : कुलमान घिसिङ

काठमाडौं, साउन  २  । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले वर्तमान रास्वपा नेतृत्वको सरकारको

भारी वर्षाको जोखिम : काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं, साउन २ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन थप सक्रिय भई

सिंहदरबार अगाडि ‘घण्टी’ बजाउँदै निहारिका र बिनुको प्रदर्शन, गृहमन्त्रीसँग भेट नपाएको गुनासो

काठमाडौं, साउन २ । आफ्ना माग सम्बोधन नभएको भन्दै निहारिका राजपूत र बिनु यादवले शनिबार

श्रम शोषणको आरोप लगाउँदै इन्टर्न चिकित्सकहरूको प्रदर्शन, कामको समय र तलब सुधारको माग

काठमाडौं, साउन  २ । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा, प्रणाली सुधारका विभिन्न एजेन्डा अघि सार्दै प्रदर्शन

काठमाडौं,  साउन  २ । नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग गर्दै युवाहरूको एक

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

काठमाडौँ, २ साउन । चालु वर्षको वैशाख १ गतेदेखि हालसम्मको विवरण हेर्दा प्राकृतिक विपद्का कारण

अन्याय नगरेको भन्दै रास्वपा नेता आक्रोशित

काठमाडौं, साउन २ । नेकपा (रास्वपा) का नेता एवं सांसद यज्ञमणि न्यौपानेले नेकपा (एमाले)का उपाध्यक्ष तथा

ताजा अपडेट

Logo
सुयोग मिडिया हाउस प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : २२६/२०७३-७४
  • कार्यालय सम्पर्क
  • Baneswor-10 Kathmandu, Nepal
    +९७७-०१-४०१११०२/ ९७७-९८५१०३४०२९
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वास्थ्य
  • समाज
  • विचार
  • प्रबिधि
  • अर्थतन्त्र
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश खबर
  • प्रवास
  • मनोरञ्जन
सुयोग मिडिया टीम
  • अध्यक्ष : : गणेशबहादुर बस्नेत
  • सम्पादक : जीवनाथ शिवाकोटी
  • सहसम्पादक : नवराज पथिक
jantatimes
©2026 Janata Times | All Right Reserved. Website by Appharu