दोलखा, मंसिर ८। नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि चयनका लागि दोलखामा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
निर्वाचन कमिटीले भोलि मंसिर ९ गते मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । मनोनयन दर्ता मंसिर ११ गते हुने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर १२ गते हुने भएको छ ।
मतदान मंसिर १३ गते हुने निर्वाचन कमिटीले जनाएको छ।
एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचनले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्