जनता टाइम्स

११ मंसिर २०८२, बिहीबार १९:५६

सोलुखुम्बुबाट एमाले महाधिवेशनका लागि सबै प्रतिनिधि सर्वसम्मत चयन


सोलुखुम्बु, मंसिर ११ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्ला कमिटीले सबै कोटामा प्रतिनिधिहरूलाई सर्वसम्मत रूपमा चयन गरेको छ। जिल्लाबाट यस पटक सर्वसम्मत रूपमा विभिन्न कोटाका महाधिवेशन प्रतिनिधि टुङ्गो लगाइएको हो।

खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला सर्वसम्मत चयन हुनुभएको छ । उत्पीडित कोटाबाट डीबी रानापाल प्रतिनिधि बन्नुभएको छ ।

महिला कोटामा कल्पना राई र  मोहनकुमारी कार्की सर्वसम्मत हुनुभएको छ । त्यसै गरी ४० वर्ष मुनीको युवा कोटाबाट जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि बन्नुभएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा जिल्लाबाट महाधिवेशनस्थलमा जाने तयारीमा पार्टी जुटेको एमाले नेतृत्वले बताएको छ।