काठमाडौं, मंसिर १२ । नेकपा एमाले रुकुमपूर्वले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि टुङ्गो लगाएको छ। जिल्लाबाट क्लस्टरअनुसार हुने ५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्।
एमाले रुकुमपूर्वका अध्यक्ष लीलामणि गौतमका अनुसार खुलातर्फ नन्दलाल शर्मा र बागलाल बुढामगर चयन हनुभएकाे छ ।
युवा क्लस्टरबाट अध्यक्ष लीलामणि गौतम नै प्रतिनिधि बन्नुभएको छ। महिला क्लस्टरबाट भावना बुढाथोकी तथा दलित क्लस्टरबाट गोपालप्रसाद सुनार छानिनु भएको छ ।
लुम्बिनी प्रदेशभरि सबैभन्दा पहिले रुकुम पूर्वबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि टुङ्गो लागेको हो । अन्य जिल्लाहरूमा पनि सर्वसम्मतको प्रयास जारी छ।













प्रतिक्रिया दिनुहोस्