काठमाडौं, मंसिर १३। नेकपा एमाले इलाम जिल्ला कमिटीले दुवै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । इलाम १ र २ बाट १९ जना महाधिवेशन प्रतिनिधि निर्विरोध भएका हुन् ।
एमालेका चर्चित युवा नेता निवर्तमान निवर्तमान प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ क्षेत्र नम्बर २ बाट खुलातर्फ प्रतिनिधि सर्वसम्मत हुनुभएको छ।
अर्का निवर्तमान सांसद महेश बस्नेत,जिल्ला अध्यक्ष गणेश बराल र सचिव रवीन्द्र सुवेदी पनि सोही क्षेत्रबाट चुनिनु भएको छ।
राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेल इलाम १ बाट ४० वर्ष मुनीको युवा क्लस्टरमा निर्विरोध हुनुभएको छ ।
यी हुन् इलामबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि
निर्वाचन क्षेत्र नं. १
खुल्ला तर्फ
१ काजीमान कागते
२ खम्बा सिंह
३ दीपक थेबे
४ उदयबहादुर राई
५ उमेश गुरुङ
– युवा तर्फ
१ निरोज पौडेल
– महिला तर्फ
१ सावित्रा सिवा
२ शकुन्तला लेप्चा
३ उमादेवी सुनुवार
निर्वाचन क्षेत्र नं. २
– खुल्ला तर्फ
१ गणेश बराल
२ सुहाङ नेम्वाङ
३ केशव धैराली
४ महेश बस्नेत
५दीपेन्द्र खनाल
६ हेमन्त राई
– युवा तर्फ
१ रवीन्द्र सुबेदी
– महिला तर्फ
१ दिलु लावती
२ पवि माया राई
३ टिका देवी घिमिरे














प्रतिक्रिया दिनुहोस्