जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार २२:५३

एमाले ११औँ महाधिवेशन : बाजुराबाट सर्वसम्मत प्रतिनिधि चयन


बाजुरा, मंसिर १३ ।  नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि बाजुराबाट प्रतिनिधि चयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। पार्टीभित्रको सहमति, समन्वय र संगठनात्मक परिपक्वता अनुरूप खुला, महिला, दलित तथा युवा समूहका प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका हुन्।

खुला तर्फ लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्गी, भरत थापा, गगन रावल, मनलाल विष्ट र मेघराज शाहीलाई महाधिवेशन प्रतिनिधि बन्न सर्वसम्मत हुनु भएकाे छ।

महिलातर्फ सीता रोकाया, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ चयन हुनुभएकाे छ । दलित कोटाबाट कासी बिक, गौरी सार्की, राजकला सार्की र अमर बिक प्रतिनिधि बन्नु भएकाे छ । भने ४० वर्षमुनिका युवातर्फ नरेश रोकाया चयन हुनु भएकाे छ ।

सर्वसम्मत रूपमा चयन भएका सबै प्रतिनिधिहरूलाई पार्टी र संगठनका नेताहरूले आदरपूर्वक बधाइ तथा शुभकामना ज्ञापन गर्नु भएकाे छ ।  प्रतिनिधिहरूले महाधिवेशनमा आफ्नो सक्रिय सहभागिताबाट बाजुराको आवाज र योगदान प्रस्तुत गर्ने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ ।