रुपन्देही, मंसिर १६ । लुम्बिनी प्रदेश सभा सदस्य रेवती गुरुङले सोमबार शपथ लिनुभएको छ । एमालेबाट समानुपातिक सदस्य रहेकी सरिता पुनको निधनपछि रिक्त बनेको स्थानमा गुरुङलाई प्रदेश सभा सदस्य बनाइएकाे हाे ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङ उहाँले शपथ लिनुभएको प्रदेश सभा सचिवालयले जनाएको छ । निर्वाचन आयोगले मंसिर ११ गते रिक्त स्थानमा गुरुङलाई नयाँ सदस्यका रूपमा घोषणा गरेको थियो ।
रुकुम पूर्व–पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुन उहाँको भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । पुन उहाँको निधनपछि समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी गुरुङ उहाँलाई मनोनयन गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्