काठमाडौँ, मंसिर १९ । सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गमा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा बसमा सवार ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको हो ।मृतकको नाम ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनामा भारतीय नागरिकसहित ११ जना घाइते भएका छन् । भारतको जिल्ला मधुवनी सुजातपुर नगरपालिका ११ का ३२ वर्षीय मो। सहिद, १२ वर्षीय अलताफ ईनताफ, भारत रागोरपुर बख्री ४ का २२ वर्षीय अनिसकुमार शर्मा, जिल्ला सितामाडी भिठामोड ४ बस्ने २४ वर्षीय सुभान्सुकुमार झा र भारत सिरखण्डी भिठा ६ बस्ने का ७३ वर्षीया शान्ती देवी घाइते हुनुभएको छ ।यसैगरी, महोत्तरी जलेश्वर नगरपालिका ४ का ५४ वर्षीय जेरुद्र झा, सुनसरी हरिनगरा गाउँपालिका ४ को ३१ वर्षीय शंकर कुमार मेहता, धनुषा लक्ष्मनिया गाउँपालिका ६ का २३ वर्षीय सोनु राम, झापा बुद्धशान्ती गाउँपालिका १ बस्ने टिका देवी दुलाल, सर्लाही पर्सा गाउँपालिका ६ का ४० वर्षीय मनोजकुमार साह र मोरङ सुन्दर हरैचा न.पा. ४ का २७ वर्षीय २७ की कृतिका कोइराला घाइते भएको हुनुभएको छ ।घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बसमा सवार ५५ जना यात्रु सबार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्