जनता टाइम्स

२२ मंसिर २०८२, सोमबार ०९:२१

चार महिने छाेराकाे हत्या गरी भागेका नेपाल प्रहरीका असई पक्राउ 


काठमाडौं, मंसिर २२। आफ्नै ४ महिने छोराको हत्या गरेको आरोपमा प्रहरीले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीलाई पक्राउ गरेको छ ।

सिनामंगलस्थित कोठामा बस्दै आएका कार्कीले आइतबार दिउँसो सुतेकै अवस्थामा रहेको छोराको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। जन्मँदै ब्रेन ट्युमरको समस्या रहेको बालकलाई घाँटी रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। छोराको हत्या पछि कार्कीले आफ्नी श्रीमतीलाई पनि कुटपिट गरेका थिए। श्रीमती पनि प्रहरी सेवामा नै कार्यरत रहेको बताइएको छ। घटना भएको केहीबेरम उनी फरार भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कार्कीलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको छ । उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखी सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्कासहित आवश्यक प्रमाण सङ्कलन गरिरहेको र घटनाको प्रकृति हेरी थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।