काठमाडौं, मंसिर २२ । नेकपा एमाले रामेछापले पार्टीको मंसिर २७ बाट सुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जिल्लाको तर्फबाट जनसहभागिता जुटाउने विषयमा जनपरिचालन भेला काठमाडौंमा सम्पन्न भएको छ ।
पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा नेकपा एमाले वाग्मती प्रदेश कमिटी इञ्चार्ज एवं महाधिवेशन जनपरिचालन कमिटीका सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलामा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य गीता कार्की, माधव ढुङ्गेल लगायतका केन्द्रीय, प्रदेश, जिल्ला र सम्पर्क मञ्चका उपलब्ध नेताहरूको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै भट्टराईले एमालेको यो महाधिवेशन देशको भविष्यसँग पनि जोडिएको महाधिवेशन भएको बताउनुभयो । त्यसैले महाधिवेशनलाई भव्य रूपमा सफल बनाउन पार्टीको सबै तह एकढिक्का भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

भट्टराईले रामेछाप काठमाडौंँबाट नजिक भएकोले पनि रामेछापबाट महाधिवेशनको उद्घाटन सत्रमा उल्लेख्य जनसहभागिता जुटाउने गरी काम गर्न निर्देशन दिनुभयो । जिल्ला र काठमाडौंमा रहेका पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक र आमजनसमुदायलाई एकतृत गरी महाधिवेशनको उद्घाटनसत्रमा सहभागी गराउन उहाँले आग्रह गर्नुभयो ।
भेलामा पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले जनपरिचालनमा जिल्ला पार्टीको योजना बारे जानकारी गराउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्