जनता टाइम्स

२९ मंसिर २०८२, सोमबार २३:००

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित 


काठमाडौं, मंसिर २९। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित हुनुभएको छ।

निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार  खुला युवा क्लस्टरअन्तर्गत दुई पदका लागि उम्मेदवारी परेका दुवै जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको हो।

यससँगै खुला युवा क्लस्टरको केन्द्रीय सदस्य चयन प्रक्रिया सम्पन्न भएको  छ । निर्वाचन आयोगले उहाँहरू निर्वाचित भएको औपचारिक घोषणा भने गर्न बाँकी छ ।