काठमाडौं, मंसिर २९ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट लुम्बिनी प्रदेश भूगोलबाट निर्वाचित हुने महिला केन्द्रीय सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
लुम्बिनी भूगोलबाट ३ जना महिला निर्वाचित हुनेमा ३ जनाको मात्र मनोनयन दर्ता भएपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो । लुम्बिनीबाट गुमादेवी आचार्य गोमा, मेनका कुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्वाचित हुनुभएको छ ।
यसै गरी युवा खुल्ला २ जना, श्रमिक महिलामा २ जना, मधेसी युवा कलस्टरमा १ जना, पिछडिएको क्षेत्र महिला भूगोलबाट १ जना र मुस्लिम महिलामा पनि १ जना पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्