जनता टाइम्स

१२ पुष २०८२, शनिबार २१:३०

राष्ट्रिय युवा संघ नेपाल बाजुरा अन्तरजिल्ला कमिटीको दोस्रो अधिवेशन सम्पन्न,  पवन मल्लको अध्यक्षतामा १५ सदस्यीय नयाँ


काठमाडौं, पुस १२। राष्ट्रिय युवा संघ नेपाल बाजुरा अन्तरजिल्ला कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

संगठनका उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनले पवन मल्लको अध्यक्षतामा १५ सदस्यीय नयाँ अन्तर जिल्ला कमिटी सर्वसम्मत रूपमा गठन गरेको छ। नवगठित कमिटीले संगठनलाई थप सुदृढ गर्दै युवा आन्दोलनलाई व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा संगठनका उपाध्यक्ष गुरुङले युवालाई संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र राष्ट्र निर्माणमा सक्रिय भूमिकामा उभिन आग्रह गर्नुभयो। उहाँले राष्ट्रिय युवा संघ नेपालले देशभर युवा सहभागितालाई सशक्त बनाउँदै आएको उल्लेख गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको बताउनुभयो।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूले संगठन विस्तार, सदस्यता अभियान, वैचारिक प्रशिक्षण र स्थानीय तहमा युवाको भूमिका मजबुत बनाउने विषयमा समेत छलफल गरेका थिए।

नवनिर्वाचित अध्यक्ष पवन मल्लले संगठनप्रति विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै युवाको हकहित, राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।