जनता टाइम्स

१३ पुष २०८२, आईतवार १७:१८

जनार्दन शर्मा–कुलमान घिसिङ बिच चुनावी सहकार्य तयारी 


काठमाडौं, पुस १३ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) र ‘उज्यालो नेपाल’बिच चुनावी सहकार्य हुने भएको छ।

प्रलोपाको संरक्षकमा पूर्वऊर्जामन्त्री जनार्दन शर्मा  र उज्यालो नेपालको संरक्षक रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ बिच चुनावी तालमेलका लागि सहमति जुटेको हो । स्रोतका अनुसार दुई पक्षबिच आजै सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग सहमतिको प्रयास गरे पनि सहमति हुन नसकेपछि घिसिङले प्रलोपासँग चुनावी सहकार्य गर्न लाग्नु भएको हो ।

प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वऊर्जामन्त्री जनार्दन शर्मा हुनुहुन्छ। शर्मा ऊर्जा मन्त्री भएका बेला नै कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुनुभएको थियो । त्यसयता शर्मा र घिसिङबिच निकटता रहँदै आएको छ ।