काठमाडौं, पुस १४ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ ।
बैठकमा महाधिवेशनको समय रेखा, निर्वाचन रणनीति तथा समसामयिक राजनीतिक अवस्थाबारे थप छलफल हुने बताइएको छ । कांग्रेसका अनुसार केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन बिपी नगर, ललितपुरमा बसेको बैठकमा महाधिवेशन र निर्वाचनसम्बन्धी विषयमा छलफल भएको थियो ।













प्रतिक्रिया दिनुहोस्