जनता टाइम्स

१४ पुष २०८२, सोमबार १२:५८

पुस १६ गते राष्ट्रिय सभागृहमा राप्रपा–राप्रपा नेपालको एकताको घोषणा हुँदै


काठमाडौं, पुस १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बिच पुस १६ गते औपचारिक एकताको घोषणा हुने भएको छ । एकताको घोषणा राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा गरिने जनाइएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले उक्त जानकारी दिँदै दुई दलबिचको एकताले देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुलुकलाई मुक्ति दिलाउने उद्देश्यसहित यो एकता हुन लागेको हो ।

अध्यक्ष थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि दुई दलबिचको एकता ऐतिहासिक हुने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रियता, धर्म, संस्कृति र पहिचानको संरक्षणका सवालमा अब एकीकृत शक्ति भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

एकताको घोषणासँगै राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डालाई पुनः राजनीतिक मूलधारमा सशक्त रूपमा अघि बढाइने नेताहरूको दाबी छ । कार्यक्रममा पार्टीका शीर्ष नेताहरू समेतको सहभागिता रहने जनाइएको छ ।