काठमाडौं, पुस १४ । जनता समाजवादी पार्टी (जसपा) फेरी फुटेको छ । अशोक राईको नेतृत्वको सो पार्टीकी सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यसहितले आज जसपा नेपालमा पार्टी एकीकरणको सहमति गरेका छन् ।
उहाँहरू उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै फर्किनु भएको छ । हिजो मात्र लोसपासँग जसपा नेपालको एकता सहमति भइसकेको छ ।

मधेस आन्दोलनको उपलब्धिका रूपमा स्थापित संघीयता र गणतन्त्रको संरक्षण तथा संवर्द्धन गर्दै मधेस र मधेसी जनताको अधिकार सुनिश्चित गर्न जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीबिच एकता भएको घोषणा गरिएको छ । जसपा नेता प्रदीप यादवले बदलिँदो राजनीतिक परिवेशमा मधेसी जनताको चाहना र जनअपेक्षालाई शिरोधार्य गर्दै दुई दलबिचको एकता अपरिहार्य भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अधिकार सुनिश्चित गर्ने साझा उद्देश्यले एकताको निर्णय गरिएको हो ।
उहाँहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र मधेसी समुदायको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारको संरक्षणका लागि अब एकीकृत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जसपा नेताहरूले एकतापछि मधेसको मुद्दालाई अझ संगठित र प्रभावकारी ढङ्गले राष्ट्रिय राजनीतिमा उठाइने बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्