काठमाडौं, पुस १५। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले चुनाव पर्खिरहेको बताउनुभएको छ ।
मंगलबार महाधिवेशनको सन्देश बताउन आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित टिप्पणी गर्दै ओलीले केही पार्टीले प्रधानमन्त्री बनाइसकेको भन्दै टिप्पणी पनि गर्नुभएको छ । ‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ, प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौँ, कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौँ,’ उहाँले भन्नुभयो ।
एमालेले महाधिवेशनबाट पार्टीले धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्