धरान, पुस १६ । अत्यधिक चिसो बढेपछि धरान उपमहानगरपालिकाले नगरभित्रका विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गर्दै तीन दिनको ‘जाडो बिदा’ दिएको छ।
उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै चिसोका कारण साना नानीबाबुहरूलाई विद्यालय आउजाउ तथा पठनपाठनमा गाह्रो हुने अवस्था देखिएको जनाउनुभएको छ। उहाँका अनुसार विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। अत्यधिक जाडोको प्रभाव कायमै रहेकाले अभिभावक र विद्यालय प्रशासनलाई समेत सतर्क रहन आग्रह गरिएको छ।
धरान क्षेत्रमा पछिल्लो केही दिनयता तापक्रम उल्लेख्य रूपमा घटेको छ। चिसोका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू प्रभावित भइरहेका छन्। यसअघि पनि विभिन्न स्थानीय तहहरूले चिसो बढ्दा विद्यालयमा जाडो बिदा दिने गरेका उदाहरण छन्।













प्रतिक्रिया दिनुहोस्