जनता टाइम्स

१७ पुष २०८२, बिहीबार ०७:५७

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली


काठमाडौं, पुस १७ । नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् । कोरोनाको समयमा विदेशिनेको संख्या कमी आए पनि त्यपछि पुनः बढिरहेको छ ।सन् २०१५ मा १० लाखभन्दा धेरै विदेशी पर्यटक पनि नेपाल भिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ ।