जनता टाइम्स

१९ पुष २०८२, शनिबार १८:५८

फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा एमाले विश्वस्त छैन : विष्णु पौडेल


काठमाडौं,  पुस १९ ।   नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेमा अझै विश्वस्त हुने अवस्था नरहेको बताउनुभएको छ । शनिबार  बुटवलमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

निर्भयताका साथ निर्वाचन गराउन आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई उहाँले सचेत गराउनुभयाे। उहाँले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा सम्पन्न गराउन गर्नुपर्ने मुख्य काममा सरकारको ध्यान नगएको उहाँले टिप्पणी गर्नुभयो ।

निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । एमाले सधैँ निर्वाचनका पक्षमा रहेको समेत उहाँले बताउनुभयो ।