काठमाडौं, पुस २० । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले सिन्धुली–१ निर्वाचन क्षेत्रबाट ९ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
सिफारिस सूचीमा प्रदीप कटुवाल, गणेश पहाडी, सुवास देवकोटा, डा. वसन्त न्यौपाने, केदार देवकोटा, ध्रुव श्रेष्ठ, डम्बर कार्की, नारायण अधिकारी र निलिमा गुरुङकाे नाम रहेकाे छ ।
सिफारिस भएका मध्ये प्रदीप कटुवाल यसअघि एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सिन्धुलीबाट छनोट भएका १८ जना महाधिवेशन प्रतिनिधिमध्ये एक हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्