जनता टाइम्स

२२ पुष २०८२, मंगलवार १२:१७

गोठगाउँ सरोकार समाजले ज्येष्ठ नागरिकलाई वितरण गर्याे न्यानो कपडा 


रामेछाप, पुस २२ । रामेछापको गोठगाउँ सरोकार समाजले रामेछाप नगरपालिका–१ वडा कार्यालय गोठगाउँको समन्वयमा ७५ वर्षभन्दा माथिका १ सय ४ जना जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ।

संस्थाले  गाेठगाउँकाे साबिक वडा नम्बर २, ३, ४ र ५ का ज्येष्ठ नागरिकलाई ती कपडा वितरण गरेको हो । सो कार्यकाे लागि समाजलाई सविन श्रेष्ठ, रविन श्रेष्ठ, सन्तलाल श्रेष्ठ, खिलबहादुर श्रेष्ठ, यशोदा श्रेष्ठ, बाबुराम श्रेष्ठ, सिर्जना श्रेष्ठ, नारायण श्रेष्ठ, थिरबहादुर श्रेष्ठ, सञ्जय कुमार थापा, देवकुमारी श्रेष्ठ, मीनबहादुर श्रेष्ठ, कुमार श्रेष्ठ, दिलीप श्रेष्ठ लगायतले आर्थिक सहयोग गर्नु भएको थियो ।

कार्यवाहक वडाध्यक्ष सञ्जित कार्की, वडा सदस्य सिर्जना श्रेष्ठ तथा गोठगाउँ सरोकार समाजका पदाधिकारीले कपडा वितरण गर्नु भएको थियो ।