जनता टाइम्स

२२ पुष २०८२, मंगलवार २०:२४

एमालेले तोक्यो बागमतीका १० वटै जिल्लाको इञ्चार्ज, महेश बस्नेतले प्रदेशको कमाण्ड सम्हाल्दा क-कस्ले पाए जिल्ला इञ्चार्जको जिम्मेवारी ? (सूचीसहित)


काठमाडौं, पुस २२ । नेकपा एमलोले प्रदेश इञ्चार्जसहित ७७ वटै जिल्लाको इञ्चार्ज तोकेको छ ।

एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले उपत्यका प्रदेशसहित आठ वटै प्रदेशको इञ्चार्जसहित जिल्ला इञ्चार्ज तोकेको हो । जसअनुसार बागमती प्रदेशका १० जिल्लाको कमाण्ड एमाले सचिव चर्चित युवा नेता महेश बस्नेतले पाउनु भएको छ ।

काममा अब्बल बस्नेतलाई निकै कमजोर मानिएको बागमतीको काम उठाउन र पार्टीलाई बलियो बनाउनका लागि जिम्मेवारी तोकिएको हो । अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार बस्नेत बागमती प्रदेशको नेतृत्वको जिम्मा लिनुभएको छ । बस्नेतसँगै बागमतीका १० वटै जिल्लाको इञ्चार्जसमेत तोकिएको छ ।

जसअनुसार दोलखामा पार्वत गुरुङ, धादिङमा भूमि त्रिपाठी, काभ्रेमा अशोक ब्याञ्जू, रामेछापमा माधव ढुंगेल, र सिन्धुपाल्चोकमा सुवास कर्माचार्यले जिम्मेवारी पाउनु भएको छ । यस्तै सिन्धुलीमा प्रदीप कटुवाल, नुवाकोटमा केशव पाण्डे, रसुवामा प्रेम तामाङ, मकवानपुरमा रामेश्वर राना र चितवनमा देवी ज्ञवालीलाई इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।