जनता टाइम्स

२३ पुष २०८२, बुधबार १३:१५

एमाले- कांग्रेससँग मागे जति भाग नपाए पछि नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभामा एक्लै चुनाव लड्दै 


काठमाडौं, पुस २३। नेकपा एमाले र नेपाली कांग्नेससँग तालमेलमा मागेजति भाग नपाए पछि नपाली कम्युनिष्ट पार्टी राष्ट्रियसभामा एक्लै चुनाव लड्ने भएकाे छ ।

साे पार्टीले निर्वाचनको लागि सोही अनुसारका उम्मेदवारको टुङ्गो लगाएको  छ । कांग्रेस र एमालेसँग चुनावी तालमेल नमिलेपछि एक्लै लड्न लागेको नेकपाले उम्मेदवार छानेको हो ।

नेकपाले कोसीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई चयन गरेको छ ।

मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झालाई उम्मेदवार बनाएको छ।

गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैसी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ। गण्डकीबाट एक जनाको नाम टुङ्ग्याउन बाँकी छ ।

राष्ट्रिय सभामा खालि रहेको १८ सिटको लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।