काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताउनुभएको छ। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।
हेटौंडामा सरकारले घर भत्काएकोप्रति आपत्ति जनाउँदै उहाँले वर्तमान सरकारले जे पनि भत्काउने काम गरिरहेको बताउनुभयो । ‘यो सरकारले के गर्यो ? हेटौंडामा घर भत्काउने काम थियो उसको ? चुनाव गराउन पर्दैन ? चुनावको वातावरण बनाउन पर्दैन ? हेटौंडामा घर भत्कायो, आधा भत्कायो आधा बाँकी छ,’ उहाँले भन्नुभयो , ‘भत्काउने त बानी परेको छ ।’
सरकाले भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थालेकाे उहाँले बताउनुभयाे । ‘सरकार भत्काएको, डेमोक्रेसी भत्काएको, संविधान भत्काएको, सुकुम्बासीको बस्ती भत्काउने, सबै भत्काउने ?’ उहाँले भन्नुभयाे ।
उहाँले देश बनाउनका लागि दिमाग ठिक ठाउँमा भएको मान्छे चाहिने बताउनुभयो । ‘भत्काएर मात्रै देश बन्दैन, देश बनाउनुपर्छ, देश बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छे आवश्यक पर्छ, उन्मादमा, नशामा देश बन्दैन,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्