जनता टाइम्स

२३ पुष २०८२, बुधबार २१:१४

एमाले कर्णाली प्रदेशकाे इञ्चार्जमा यामलाला कँडेल, यी हुन् जिल्ला इञ्चार्जहरु 


सुर्खेत, पुस २३ । नेकपा एमालेले कर्णाली प्रदेश अन्तर्गत प्रदेश इञ्चार्ज तथा विभिन्न जिल्लाका इञ्चार्जहरूको जिम्मेवारी तोकेको छ । पार्टी संगठनलाई निर्वाचनमुखी र थप सक्रिय बनाउने उद्देश्यसहित जिम्मेवारी बाँडफाँड गरिएको  एमालेले जनाएकाे छ ।

पार्टीका सचिव यामलाल कँडेललाई कर्णाली प्रदेश संयोजक (प्रदेश इञ्चार्ज) को जिम्मेवारी प्रदान गरिएको छ । कँडेल यसअघि पनि कर्णाली प्रदेशमा पार्टी संगठन सुदृढीकरणमा सक्रिय रहँदै आउनुभएको थियो ।

यसैगरी जिल्लागत रूपमा सुर्खेत जिल्लाको संयोजक (इञ्चार्ज) काे  जिम्मेवारी केन्द्रीय सदस्य नवराज रावतलाई दिइएकाे छ। जाजरकोट जिल्लाको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य डम्बरबहादुर सिंहलाई दिइएको छ । दैलेख जिल्लाको संयोजकमा केन्द्रीय सदस्य मिनासिंह रखाल चयन हुनुभएको छ ।

कालिकोट जिल्लाको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य नागेन्द्र शाहीलाई दिइएको छ भने हुम्ला जिल्लाको संयोजकमा केन्द्रीय सदस्य दल रावल चयन हुनुभएको छ । डोल्पा जिल्लाको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य बदमी कवारी बोहरा (बुढा) लाई प्रदान गरिएको छ ।

सल्यान जिल्लाको संयोजकमा केन्द्रीय सदस्य गोविन्दकुमार पुन चयन हुनुभएको छ । मुगु जिल्लाको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य जितबहादुर मल्ललाई दिइएको छ । जुम्ला जिल्लाको संयोजकमा केन्द्रीय सदस्य दानसिंह परियार चयन हुनुभएको छ ।

यसैगरी पश्चिम रुकुम जिल्लाको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य सुशील थापालाई दिइएको छ ।

त्यसैगरी कर्णाली प्रदेश कमिटीको उप–सचिवमा कौशिला खत्री चयन हुनुभएको छ ।

पार्टी नेतृत्वले प्रदेश तथा जिल्ला तहमा संगठनलाई थप मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने उद्देश्यले जिम्मेवारी हेरफेर गरिएको जनाएको छ । आगामी निर्वाचनलाई केन्द्रमा राख्दै कर्णाली प्रदेशभर पार्टी गतिविधि तीव्र पारिने अपेक्षा गरिएको छ ।