काठमाडौं, पुस २९। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी सुरु गरेका छन् । विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले ‘झुटो वार्ता नमान्ने’ भन्दै आक्रोशपूर्ण नाराबाजी गरेका हुन् ।
नाराबाजीमा उत्रिएका प्रतिनिधिहरूले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन गरी गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा ल्याउनुपर्ने माग राखिरहेका छन् ।
यसैबीच निर्वाचन आयोगले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । नेतृत्व चयनको प्रक्रियासँगै महाधिवेशन स्थलमा चर्को दबाब र राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ ।













प्रतिक्रिया दिनुहोस्