काठमाडौं, पुस ३०। नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्ताव खारेज गरिदिएको छ । कांग्रेसका कार्यवाहक सभापति कार्यवाहक सभापति पूर्णबहादुर खडकाले संस्थापनको तर्फबाट जवाफ दिँदै महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार तोक्न नसकिने भन्दै सबै प्रस्ताव खारेज गरिदिनुभएको हो ।
कार्यवाहक सभापति खडकाले ८ बुँदामध्ये ३ वटा बुँदा स्वीकार गर्न नसकिने बटमलाइन सुनाउनु भएको हो । महामन्त्री थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्षले अस्वीकार गरेको हो । गगन थापाको महत्त्वाकाङ्क्षाको सिकार कांग्रेस बन्न सक्दैन भन्दै संस्थापन पक्षले अस्वीकार गरेको हो ।
यसै गरी देउवा निष्क्रिय हुने प्रस्तावलाई पनि खडकाले खारेज गर्नुभएको छ । सभापतिको अपमानजनक बहिर्गमन मान्न नसकिने खडकाको अडान छ । यसै गरी, सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठनबारे पनि खड्काले असहमति जनाउनु भएको छ ।
यस्ता छन् प्रस्तावहरू
१. विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने ।
२. परिमार्जन सहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने ।
३. सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने ।
४. उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने ।
५. आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने ।
६. कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने ।
७. नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने ।
८. यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने । जसमा – कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने ।
विशेष महाधिवेशन पक्षधरका नेता गगन थापाले आफ्नो लागि सबै कुरा हुनुपर्ने भन्दै ८ बुँदे प्रस्ताव पठाएकोमा ५ बुँदा भने संस्थापनले स्वीकार गरेको छ । व्यक्ति केन्द्रित नभई नीति केन्द्रित प्रस्ताव मात्र संस्थापनले सहमति जनाएको हो । यता विशेष महाधिवेशन पक्षधरले संस्थापनसँग छलफल भइरहेको भन्दै निर्वाचन कार्यतालिका संशोधन गरेको छ । नेतृत्व चयनका लागि सभापतिमा गगन थापाको मात्र उम्मेदवारी दर्ता भएको छ ।













प्रतिक्रिया दिनुहोस्