जनता टाइम्स

१ माघ २०८२, बिहीबार ०८:०५

ट्रम्पको दाबी: अब इरानमा आन्दोलनकारी मारिने छैन


काठमाडौं,  माघ  १।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब इरानमा प्रदर्शनकारी नमारिने दाबी गरेका छन्।
आफूलाई विश्वसनीय स्रोतले जानकारी दिएको उल्लेख गर्दै बुधबार ट्रम्पले भने, अब इरानमा कसैलाई मृत्युदण्ड पनि दिइने छैन।यसअघि उनले बुधबारै एक आन्दोलनकारीलाई इरान सरकारले मृत्युदण्ड दिन लागेको भन्दै त्यसो गरेमा इरानविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका थिए।