जनता टाइम्स

२ माघ २०८२, शुक्रबार १४:२५

बालनेसँगै राजनीतिमा उत्रदै काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डे, दिए राजीनामा


काठमाडौं, माघ २ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिनुभएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले माघ ४ गते राजीनामा दिएर राजनीतिमा होमिने बताएपछि उहाँको खास सहयोगीको भूमिकामा रहनुभएका प्रहरी प्रमुख पाण्डेले शुक्रवार नै सोही दिनबाट लागू हुने गरी राजीनामा दिनुभएको हो । पाण्डेले आफूले माघ चार गतेबाट लागू हुने गरी राजीनामा दिएको जानकारी दिनुभएको छ ।

पाण्डे फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा रहनुभएको छ । बालेनको सुझावअनुसार पाण्डेले पद त्याग्नुभएको हो । बहुबिवाहको आरोप लागेका पाण्डे अव राजनीतिमा सक्रिय हुनुहुने भएको हो ।