काठमाडौं, माघ ५ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाका उम्मेदवारको टुङ्गो लगाएको छ। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरूको नाम अन्तिम टुंगो लगाइएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ निर्वाचन क्षेत्र बाहेक सबै स्थानमा उम्मेदवार तय भएका छन्। रसुवा, सर्लाही निर्वाचन क्षेत्र नम्बर–४, सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ र ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ मा भने उम्मेदवार टुंगो लाग्न बाँकी रहेको छ।
बाँकी रहेका निर्वाचन क्षेत्रमा आन्तरिक छलफल र समन्वयपछि छिट्टै उम्मेदवारको टुंगो लगाइने पार्टी स्रोतले जनाएको छ। अधिकांश क्षेत्रमा उम्मेदवार चयन भएसँगै नेकपाले निर्वाचन तयारीलाई तीव्र बनाएको छ भने भोलि हुने उम्मेदवारी दर्ताका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।














प्रतिक्रिया दिनुहोस्