काठमाडौं, माघ ५। नेकपा एमालेले पर्सा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि रिमा यादवलाई उम्मेदवार बनाएको छ ।
२९ वर्षीया मधेसकी छोरी रिमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका कान्छा उम्मेदवार मध्येकी उम्मेदवार हुनुहुन्छ । मधेसबाट यो उमेरमा महिला उम्मेदवार बनाउनु पर्सा जिल्लाको लागि मात्र होइन सिङ्गो मधेस प्रदेश र पार्टी तथा नेपाली राजनीतिको लागि गर्वको विषय बनेको छ ।
आसन्न निर्वाचनका लागि युवा पुस्तालाई राजनीतिक नेतृत्वमा अघि सार्ने नीति अनुसार एमालेले रिमा यादवलाई उम्मेदवार बनाएको पार्टी स्रोतले जनाएको छ । पार्टीले नयाँ पुस्ताको सहभागिता, समावेशिता र परिवर्तनमुखी सोचलाई प्रतिनिधित्व गर्ने उद्देश्यले उहाँलाई अघि सारेको बताइएको छ ।
पर्सा–२ मा युवा मतदाताको सङ्ख्या उल्लेख्य रहेकाले रिमा यादवको उम्मेदवारीले निर्वाचनमा नयाँ बहस र उत्साह सिर्जना गर्ने एमालेको अपेक्षा छ । पार्टीका अनुसार जनआकाङ्क्षा, स्थानीय सरोकार र समसामयिक चुनौतीलाई सम्बोधन गर्ने क्षमता र प्रतिबद्धताका आधारमा यादवलाई टिकट दिइएको हो ।
जेन–जी पुस्ताकी प्रतिनिधिका रूपमा राजनीतिमा प्रवेश गर्नुभएको यादवको उम्मेदवारीलाई एमालेले आगामी दिनमा पुस्तान्तरण र नयाँ नेतृत्व विकासको सङ्केतका रूपमा लिएको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्