जनता टाइम्स

६ माघ २०८२, मंगलवार ११:३४

गगन थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही–४ बाट उम्मेदवारी दिने


काठमाडौं, माघ ६ । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नु हुने भएको छ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापाले यसअघिका निर्वाचनहरूमा प्रतिनिधित्व गर्दै आउनु भएको काठमाडौं–४ निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गर्नु भएको हो। उहाँले नयाँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएर जनतामाझ जाने तयारी गर्नु भएको कांग्रेस स्रोतले जनाएको छ।

सभापति थापाले यसअघि लगातार तीनपटक काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन जित्नु भएको थियो। निर्वाचन क्षेत्र परिवर्तनको निर्णयलाई कांग्रेसभित्रको रणनीतिक पुनर्संरचना र नयाँ राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

गगन थापाको उम्मेदवारी घोषणासँगै सर्लाही–४ मा चुनावी सरगर्मी बढ्ने अनुमान गरिएको छ।