दमक, माघ ७ । झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा कार्यकर्ता र मतदातासँग भेटघाटमा व्यस्त रहनुभएको छ ।
जेन–जी आन्दोलनपछि पहिलो पटक गृह नगर दमक पुग्नुभएका अध्यक्ष ओलीले हिजो मध्यरातसम्म पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुभएको थियो । आज बिहानैदेखि पनि उहाँ अगुवा कार्यकर्ता तथा मतदातासँग भेटघाटमा व्यस्त रहनुभएको छ ।
स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै अध्यक्ष ओलीले आफूले अघि सारेका विकास आयोजनाको प्रगतिबारे जानकारी लिनु भएको छ । झापा–५ सँगै सीमा जोडिएको इलाम–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ पनि दमक पुग्नुभएको थियो । उहाँले पार्टी अध्यक्ष ओलीको अभियानमा साथ दिइरहनु भएको छ ।
मंगलबार राति अध्यक्ष ओलीले दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । आज बिहानदेखि भेटघाट छलफललाई पुन: निरन्तरता दिनुभएकाे छ ।
अध्यक्ष ओली पर्सिसम्म दमकमा रहने कार्यक्रम छ ।














प्रतिक्रिया दिनुहोस्