काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गर्नु भएको छ।
सोमबार दिउसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराउनु भएको हो । अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताउनु भयो।
कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्