जनता टाइम्स

१३ माघ २०८२, मंगलवार ११:५५

रामेछापमा माधव ढुङ्गेलको चुनावी अभियान तीव्र, सबै वडामा मतदाता भेटघाट र संगठनात्मक छलफल


काठमाडौं, माघ १३ । रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेलले निर्वाचन केन्द्रित छलफल र मतदाता भेटघाट अभियानलाई तीव्रता दिनुभएको छ ।

जिल्लाका सबै ६४ वटै वडा समेटिएको एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रचार अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले आन्तरिक संगठनात्मक छलफल र मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई सँगसँगै अघि बढाएको छ ।

यसैक्रममा एमाले गोकुलगंगा गाउँपालिका कमिटी र मन्थली नगरपालिका कमिटीसँगको बैठक तथा भेटघाट सम्पन्न गरी ढुङ्गेलसहितको टोली लिखु तामाकोसी गाउँपालिका कमिटीको बैठकमा सहभागी भएको छ । बैठकपछि टोलीले स्थानीय मतदातासँग भेटघाट गर्दै उमाकुण्ड गाउँपालिका तर्फ अभियान अघि बढाएको छ ।

साे क्रममा उमाकुण्ड गाउँपालिकामा पार्टीको बैठकसँगै स्थानीय मतदाता भेटघाट कार्यक्रमसमेत राखिएको छ । बैठक सम्पन्न गरेपछि जिल्लाको हिमाली गाउँ गुम्देलसम्म पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा एमाले रामेछाप जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिनुभएको छ ।

अध्यक्ष कडरियाका अनुसार पार्टीले सबै भौगोलिक क्षेत्र समेट्ने गरी घरदैलो, छलफल र संवादलाई प्राथमिकता दिँदै चुनावी अभियान सञ्चालन गरिरहेको छ ।